बैशाख ०८, २०८१, शनिबार
               

कुवेतमा कार्यरत एक नेपालीको मृत्यु

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

दोहा  । कुवेतमा नेपालीको मृत्यु भएको छ । बैदेशिक रोजगारीका लागि १० वर्ष अघि गएका उनी कुवेतस्थित अल जजिरा कम्पनीमा कार्यरत डडेलधुराका डम्मरबहादुर साउदको सोमबार हृदयघातका कारण मृत्यु भएको जनाइएको छ ।

त्यहाँको फर्वानिया अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको कुवेत सरोकार समाजले जनाएको छ । उनको मृत्यु भएको बारे कुवेतस्थित नेपाली दूतावासलाई जानकारी प्राप्त भएको तर, अस्पतालको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ ।

कम्पनी र परिवारसँग समन्वय गरी कानुनी प्रक्रिया पुरा गरेर मृतकको शव चाडै स्वदेश पठाइने दूतावासले जनाएको छ । उनी विगत १० वर्षदेखि कुवेतमा कार्यरत थिए । मृतकको घरमा श्रीमती छोरा र छोरी रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि