बैशाख ०८, २०८१, शनिबार
               

अर्थतन्त्रमा योगदान पुर्‍याउन एनआरएनएको एसिया प्यासिफिक विज्ञ सम्मेलन हुँदै

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

आठौँ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा पहिलो एसिया प्यासिफिक विज्ञ सम्मेलन आगामी सेप्टेम्बर २६ र २७ मा हुँदै छ । त्यसको तयारी अन्तिम चरणमा पुगेको जानकारी विज्ञ सम्मेलनका संयोजक डा. देवी बस्नेतले दिएका छन्

आठौँ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा पहिलो एसिया प्यासिफिक विज्ञ सम्मेलनअनलाइन मार्फत हुन लागेको हो । दुई दिने सम्मेलनको, पहिलो दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनको मूल विषय 'आप्रवासी नेपाली कामदार स्वदेश फिर्ता, पुन: एकीकरण र रोजगार' (Repatriation, Reintegration and Employment of Nepali Migrant Workers) रहेको छ ।

पहिलो दिनमा कोभिड १९ ले वैदेशिक रोजगारमा पारेको प्रभाव र स्वदेश फर्किने वा फर्किएका कामदारका विषयमा सरकारी पक्ष सरोकारवाला तथा एनआरएनहरूबीच गहन छलफल हुने जानकारी संयोजक डा. बस्नेतले दिए ।

सम्मेलनमा एनसीसी तथा आइसीसीका प्रगति विवरण, यस क्षेत्रमा देखा परेका समस्या र सावधानी तथा एनआरएन आसीसीले परिवर्तन गर्नको लागि प्रस्तावमा ल्याएका नयाँ एजेन्डाहरूबारे पनि छलफल हुनेछ ।

दोस्रो दिन भने यस क्षेत्रको पहिलो विज्ञ सम्मेलन (First NRN Asia-Pacific Regional Knowledge Convention) हुने छ । र यसको मूल नारा 'Knowledge Sharing Among Nepalese: Challenges and Opportunities for Entrepreneurs Following the COVID-19 Pandemic' रहेको छ ।

क्षेत्रीय विज्ञ तथा ज्ञान सम्मेलनमा एसिया क्षेत्रका साथै अन्य क्षेत्रमा रहेका विज्ञ,राष्ट्रिय समन्वय परिषदका प्रतिनिधि, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्य, संरक्षक परिषद्का सदस्य, सल्लाहकार, मानार्थ परिषद्का सदस्य र अन्य विशिष्ट व्यक्तित्वहरूका साथै नेपाल सरकारका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ । यसमा स्वास्थ्य शिक्षा, विज्ञान तथा प्रविधि, मेडिकल साइन्स, कृषि, पर्यटन, वातावरण, प्रवासी नेपाली कामदार, विद्यार्थी, सामाजिक विकास लगायतका विषयहरूमा छलफल हुने गरी सत्रहरू सञ्चालन गरिने तयारी छ ।

प्रत्येक सत्रका संयोकहरूले सम्बन्धित सत्रमा के कस्ता विषयबस्तुहरूमा छलफल गरिने र त्यसबाट स्वदेश तथा विदेशमा रहेका नेपालीहरू तथा समग्र रूपमा नेपाल विकासमा के कसरी टेवा दिन सकिन्छ भन्ने बारेमा जानकारी गराउने छन् ।

छोटो समयको लागि आर्थिकोपार्जनको लागि नेपालबाहिर आएको युवा समूह रहेको यस क्षेत्रमा युवाले आफूले आर्जन गरेको ज्ञान, सीप तथा कलालाई कसरी देश विकासमा लगाउन सक्छ भन्ने विषय छलफल  हुनेछ ।

छोटो समयमा विकास गर्न सफल सिंगापुर, कोरिया तथा हङकङ हेरेको र नेपालबाट भौतिक रूपमा पनि नजिक रहेको यस प्रशान्तीय क्षेत्रमा हुन गइरहेको पहिलो विज्ञ सम्मेलन कोरोना भाइरसबाट विश्व र नेपाल आक्रान्त भएर आर्थिक गतिविधिमा धक्का पुगेको बेला अर्थतन्त्रलाई सकारात्मक योगदान दिन महत्त्वपूर्ण हुनसक्ने विश्वास गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि