बैशाख ०७, २०८१, शुक्रबार
               

कांग्रेस संसदीय दलको बैठक २३ गते

नेपाल फ्ल्यास
पुस २०, २०७९

ADVERTISEMENT

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । पुस २५ मा बस्ने प्रतिनिधिसभाको बैठकअघि दुई दिनअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।  कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकका अनुसार २३ पुसमा अपराह्न १ः ०० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ । 

पुस २२ का लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक भने ६ दिन पर सरेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पुस २८९ गते दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने बताए । कांग्रेसले चुनावी समीक्षा, समसामयिक राजनीति र विविध एजेन्डामाथि छलफल गर्न यसअघि पुस २२ का लागि बैठक बोलाएको  थियो ।


कस्तो लाग्यो ?

यो पनि