चैत १६, २०८०, शुक्रबार
               

न्याय परिषद् बैठक शुक्रबार

नेपाल फ्ल्यास
माघ १४, २०७८

ADVERTISEMENT

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्याय सेवा आयोगको बैठक फेरि बोलाएका छन् । बैठक शुक्रबार २ बजे बस्ने गरी बोलाइएको छ ।

न्यायालयमा प्रधानन्यायाधीशविरुद्ध आन्दोलन चलिरहेको अवस्थामा यसअघिको बैठक पुस ७ गते विज्ञप्ति निकालेर स्थगित गरिएको थियो ।

जिल्ला न्यायाधीशको परीक्षाको नजिता प्रकाशनका लागि न्याय सेवा आयोगको बैठक बोलाएका थिए। न्याय सेवा आयोगका सदस्यसमेत रहेका लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यकाबाहिर रहेको भन्दै त्यतिबेलाको बैठक स्थगित गरिएको थियो ।

खुला प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशहरूको नतिजालाई अनुमोदनका लागि बैठक बाेलाइएको हो ।


कस्तो लाग्यो ?

यो पनि