बैशाख ०८, २०८१, शनिबार
               

के गगन र विश्वप्रकाशले अपेक्षा धान्न सक्लान ?

नेपाल फ्ल्यास
पुस ०१, २०७८

ADVERTISEMENT

का‌ंग्रेसमा सबैभन्दा लोकप्रिय देखिए विश्वप्रकाश शर्मा । उनले आफ्नो गुटका अध्यक्षका उम्मेदवार प्रकाशमान सि‌ंहको मत भन्दा १६ सय जति मत बढी ल्याए । 

चर्चामा गगन थापा बढी लोकप्रिय भनिए पनि उनी विश्वप्रकाश जति प्रिय देखिएनन् । उनले आफ्नो गुटका सभापति उम्मेदवार शेखर कोइरालाभन्दा करिब १२ सय मत थपेका हुन् । 

जो जति लोकप्रिय भए पनि उनीहरूको पपुलारिटी कहिलेसम्म हुने हो, त्यो आगामी दिनको कामकारबाहीले देखाउने नै छ । 

पार्टीलाई आंशिक पुस्तान्तरण त भयो तर अब वैचारिक रूपान्तरण भनिएको छ । तर त्यसको अर्थ के हो ? कसैले स्पष्ट गरेका छैनन् । के कांग्रेसले नयाँ नीति अँगाल्न लागेको हो ? बिपीको बाटो भुल्न लागेको हो ? पुरानो कुन कुन विचारलाई परिमार्जन गर्ने लागेको हो ? यी मुद्दामा कसैले बोलेका छैनन् । मात्र चुनाव जित्न जसले जे पनि भनेको छ ।

जनस्तरले विश्वप्रकाश र गगनसँग विचारभन्दा पनि कार्यशैली र आचरणमा सुधार खोजेको छ । नेताहरूमा सुशासन भएन । राजनीतिक दल र यसका नेताहरू भ्रष्टाचारमा लिप्त छन् । जनताको मुद्दामा कसैको ध्यान पुग्न सकेको छैन । यी सुशासन र समृद्धिको मुद्दामा उनीहरूसँग अपेक्षा हो । के त्यो अपेक्षा उनीहरूले पुरा गर्लान् त ? प्रतीक्षाको विषय बनेको छ ।


कस्तो लाग्यो ?

यो पनि