बैशाख १३, २०८१, बिहीबार
               

महाधिवेशन उद्घाटनमा वक्ताको रूपमा कमल थापालाई बोलायो एमालेले ?

नेपाल फ्ल्यास
मंसिर ०४, २०७८

ADVERTISEMENT

नेकपा एमालेले चितवनमा हुने १०औँ महाधिवेशनको उद्घाटन सत्रमा वक्ताको रूपमा कमल थापालाई निम्तो दिएको छ ।

राप्रपाका तीन जना अध्यक्षमध्ये कमल थापालाई वक्ताको रूपमा बोलाएको हो ।

एमाले केन्द्रीय सदस्य राजन भट्टराईले धुम्बाराहीस्थित राप्रपा कार्यालय पुगेर महाधिवेशनको निम्तो दिएका हुन् । निमन्त्रणापत्रमा राप्रपाको तर्फबाट शुभकामना मन्तव्य दिन भनिएको छ ।

यता राप्रपा पनि आफ्नो महाधिवेशनको अन्तिम तयारीमा पुगेको छ । मंसिर ११ देखि गर्ने भनिएको महाधिवेशन १५ देखि १७ गतेसम्मका लागि सारिएको छ । महाधिवेशनमा अध्यक्षत्रय पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले नेतृत्वको लागि तयारी गरिरहेका छन् भने दोस्रो पुस्ताबाट सांसद राजेन्द्र लिङ्देन मैदानमा आउन लागेका छन् । लिङ्देनलाई नेपालगन्ज उपमहानगरका प्रमुख धवल शमशेर जबराले साथ दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि