चैत १६, २०८०, शुक्रबार
               

कांग्रेसले तोक्यो जिल्ला सभापतिको उम्मेदवारीमा १० हजार शुल्क

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ । कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो ।

कांग्रेसले जिल्ला सभापतिको लागि उम्मेदवारी शुल्क १० हजार तोकेको छ । यस्तै उपसभापति र सचिवका लागि सात हजार शुल्क निर्धारण गरिएको छ ।

जिल्ला सहसचिवका लागि ६ हजार र सदस्यका लागि तीन हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ । पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि