चैत १६, २०८०, शुक्रबार
               

क्यूआर कोड र इसेवाबाट एमालेलाई चन्दा !

नेपाल फ्ल्यास
कात्तिक २६, २०७८

एमाले १०औँ महाधिवेशनको लोगो
ADVERTISEMENT

नेकपा एमालेले आसन्न १०औं महाधिवेशनमा गरिने खर्च उठाउन क्यूआर कोड सार्वजनिक गरेको छ । कार्यकर्ता  र सुभेच्छुकलाई न्युनतम १०० रुपैयाँ बैंक खातामा जम्मा गर्न आग्रह गर्दै खाताको क्यूआर कोड सार्वजनिक गरेको हो । 

महाधिवेशनका लागि लोगो सार्वजनिकसँगै एमालेले चन्दा प्रयोजनका लागि क्यूआर कोडसँगै इसेवा र फोन पेबाट न्युनतम १०० रुपैयाँ जम्मा गर्न भनेको छ । 

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पार्टीका सदस्यलाई आफ्नो सदस्यता नम्बरसहित सहयोगको अपिल गरिएको र सुभेच्छुकलाई परिचयसहित सहयोग गर्न आग्रह गरिएको बताए । 

यसअघि एमालेले राष्ट्रिय वाणिज्य बैंक टेकुमा रहेको पार्टीको खातामा रकम जम्मा गर्न भनेको थियो । तर, लोगो सार्वजनकि गर्न आयोजित कार्यक्रममा भने चन्दाका लागि क्यूआर कोड, इसेवा र फोन पे एप्स सार्वजनिक गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि