चैत १६, २०८०, शुक्रबार
               

राप्रपाले थप्यो जिल्ला अधिवेशनको अवधि

नेपाल फ्ल्यास
असोज २४, २०७८

ADVERTISEMENT

तोकिएको समयमा अपेक्षित जिल्ला अधिवेशन हुन नसकेपछि  राष्ट्रिय प्रजातन्त्र पार्टीले अधिवेशनका लागि समयावधि बढाएको छ । 

राप्रपाका तीन जना अध्यक्ष पशुपति समसेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको उपस्थितिमा आइतबार बसेको केन्द्रीय विशेष समितिको बैठकले जिल्ला अधिवेशन कात्तिक १४ गतेसम्म गरिसक्ने निर्णय गरेको हो । 

यसअघि जिल्ला अधिवेशनका लागि असोज २० गतेसम्मको समयसीमा तय गरिएको थियो । राप्रपाको महाधिवेशन कात्तिक २७-३० गते काठमाडौंमा हुने भनिएको छ । 

बैठकले सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्री गर्ने म्याद २०७८ कात्तिक १० गतेसम्म बढाएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन कात्तिक ११ देखि १७ गतेसम्म गरिने राप्रपाले जनाएको छ । त्यस्तै ७ वटै प्रदेश कार्य समितिको अधिवेशन कार्तिक २३ गतेभित्र गरिने छ ।

प्रदेश २ तथा भक्तपुर र पाँचथर जिल्लाको हकमा सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्री गर्ने म्याद २०७८ कात्तिक १५ गतेसम्म हुने छ ।


कस्तो लाग्यो ?

यो पनि