बैशाख ११, २०८१, मंगलबार
               

गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्न प्रधानमन्त्री देउवा आज पाेखरा जाने

नेपाल फ्ल्यास
असोज २४, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गण्डकी प्रदेशको पोखरा जाँदैछन्। गण्डकीलाई साक्षर प्रदेश घोषणा, निर्माणाधीन पोखरा अन्तर्राष्ट्रियसँगै कार्यकर्ता भेटघाटका लागि उनी पोखरा जान लागेका हुन्।

उनको सचिवालयका अनुसार त्यसका लागि उनी आज बिहान साढे १० बजे पोखरा विमानस्थल पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवाले पोखरा सभागृहमा आज आयोजना हुने गण्डकीलाई पूर्ण साक्षर प्रदेश घोषणा सभालाई बिहान ११ बजे सम्बोधन गर्नेछन्।

यसपछि दिउँसो ३ बजे पोखरा-१७ मा चियापान एवं अन्य कार्यक्रममा सरिक हुने कार्यतालिका छ। लगत्तै प्रधानमन्त्री देउवाले अपराह्न ५ बजेपछि राष्ट्रबैंक गेस्ट हाउसमा कार्यकर्तासँग भेटघाट गर्नेछन्। यसपछि प्रधानमन्त्री देउवाले भोलि सोमबार बिहान निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्ने उनको सचिवालयले जनाएको छ।

यो पनि