चैत १५, २०८०, बिहीबार
               

आज मन्त्रिपरिषद्‍ले पूर्णता पाउला त ?

नेपाल फ्ल्यास
असोज २२, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको झन्डै तीन महिनापछि आज शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । प्रधानमन्त्री देउवा सचिवालयले जनाएअनुसार सत्तारूढ गठबन्धनसँग मन्त्री हुनेहरूको नाम मागिएको छ ।  नाम प्राप्त हुनासाथ आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ । 

सत्तासाझेदार नेकपा माओवादी केन्द्रले बुधबार नै मन्त्री बन्नेहरुको नाम टुंगो लगाइसकेको छ । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) भने आन्तरिक छलफलमा छन् । 

कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले पाँच मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति यसअघि नै जुटिसकेको छ ।

दलहरूबीच बिहीबार पनि छलफल भएको थियो । देउवा २९ असारमा प्रधानमन्त्री बनेका थिए । 

यो पनि