चैत १५, २०८०, बिहीबार
               

राप्रपाको ४७ जिल्लाको अधिवेशन सकियो

नेपाल फ्ल्यास
असोज १९, २०७८

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकताको राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ ।

यही २७ देखि ३० कात्तिकसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि अहिले जिल्लाको अधिवेशन भइरहेको छ । राप्रपा  र राप्रपा संयुक्तबीच एकीकरण भएपश्चात् पहिलो पटक एकताको महाधिवेशन हुन लागेको हो । राप्रपा एकीकरणपछि पहिलो पटक महाधिवेशन हुन लागेको हो ।

राप्रपाका कार्यसम्पादन समिति सदस्य मोहन श्रेष्ठका अनुसार अहिलेसम्म ४७ वटा जिल्लाको जिल्ला अधिवेशन सकिएको छ । उनले भोलिसम्म ६० वटा जिल्लाको अधिवेशन सकिने जानकारी दिए । राप्रपाले भोलि (बुधबार)सम्म जिल्ला अधिवेशन सक्ने निर्देशन दिएको छ । ‘भोलिसम्म हामीले सबै जिल्लाको अधिवेशन सक्ने निर्देशन दिएका छौँ’, उनले भने, ‘भोलिसम्म नसक्ने जिल्लाको हकमा विशेष निर्णय गर्न सक्ने वा केही दिन अधिवेशनका लागि समय दिइनेछ ।’

राप्रपाको नयाँ नेतृत्वका लागि पशुपति सम्सेर राणा, कमल थापा, धवलशम्शेर राणा र राजेन्द्र लिङ्देनले प्रतिस्पर्धा गर्ने तयारी छ । उनका अनुसार राप्रपाको कति सदस्यीय कार्यसमिति हुने भन्ने अझै टुंगिएको छैन । ‘विधान संशोधनकै क्रममा रहेको र उक्त संशोधित विधानलाई महाधिवेशनमा पेस गरेपछि कार्यसमिति सदस्य कति रहने टुंगो लाग्नेछ', उनले भने ।


कस्तो लाग्यो ?

यो पनि