चैत १६, २०८०, शुक्रबार
               

राप्रपा सिन्धुपाल्चोक क्षेत्र नम्बर- १ को अध्यक्षमा खड्का

नेपाल फ्ल्यास
असोज १४, २०७८

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकको क्षेत्र नम्बर- १ को अध्यक्षमा रामेश्वर खड्का निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बाह्रबिसेमा आयोजित जिल्ला अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । खड्काको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

राप्रपा केन्द्रीय अध्यक्ष पशुपतिशम्शेर जबराको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । अहिले कार्यसमितिको अध्यक्ष र सदस्य मात्र चयन भएको पदाधिकारी भने सदस्यमध्येबाट छनोट हुने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि