बैशाख ०८, २०८१, शनिबार
               

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक, ओली बालुवाटार जालान् ?

नेपाल फ्ल्यास
असोज १३, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

देउवाले प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार बिहान १० बजे सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाएका प्रधानमन्त्रीको संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाई बैठक सञ्चालन गर्ने तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने निजी सचिव जोशीले बताए ।

सङ्घीय संसद्को चालु अधिवेशनमा नेकपा (एमाले)ले सभामुख अग्नि सापकोटाको केही कार्यप्रति असन्तुष्टी जनाउँदै बैठक अवरुद्ध गर्दै आएको छ ।

बैठकमा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ । 

ओली बालुवाटार जालान् ?

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने–नहुने निश्चित छैन ।

यसअघि सभामुख सापकोटाले आयोजना गरेको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो । आफूहरुले कारवाही गरेका माधव कुमार नेपाल बैठकमा सहभागी भएको भन्दै एमालेले सभामुखद्वारा बोलाइएको सर्वदलीय बैठक बहिस्कार गरेको हो । साथै आफूहरुले सभामुखको निर्णयमा आपत्ति जनाएर संसद अवरुद्ध गरेको हुनाले सभामुखको निम्तो अस्वीकार गरिएको एमाले नेताहरुले बताएका थिए ।

नेकपा एमालेले माधव नेपालहरुमाथिको कारवाहीको सूचना सभामुखले नटाँसेसम्म संसद अवरुद्ध गर्ने बताउँदै आएको छ । शुक्रबारको बैठक पनि अवरुद्ध पार्ने एमालेको तयारीको छ ।

बिहान बालुवाटारको सर्वदलीय बैठक सकिएपछि दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । संसद बैठक सकिएपछि अपरान्ह सत्ता गठबन्धन दलहरुले मन्त्रिमण्डल विस्तारका लागि बालुवाटारमा छलफल गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा माधव नेपाल भने उपस्थित नहुने स्रोतले बतायो । बिरामी भएका कारण नेता नेपाल बैठकमा आउने भएका हुन् ।

नेता नेपालको अनुपस्थितिले एमाले अध्यक्ष ओलीलाई बालुवाटार जान सहज हुने सत्तापक्षका नेताहरु बताउँछन् । भाइरल ज्वरोका कारण बिरामी परेका नेता नेपाल बुधबार साँझ शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

यो पनि