चैत १५, २०८०, बिहीबार
               

माधव नेपाल अस्वस्थ, कोरोनासँग मिल्दोजुल्दो लक्षण

नेपाल फ्ल्यास
असोज १३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा समस्या देखिएको छ ।

नेपालसहित उनकी पत्नी गायत्रीको स्वास्थ्यमा समेत समस्या देखिएको छ । कोरोनाको जस्तो लक्षण देखिएकाले नेपालदम्पती होम आइसोलेसनमा बसेका हुन् ।

नेपालको स्वास्थ्यमा समस्या देखिएपछि पार्टी र गठबन्धनका काम उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायतका नेताहरूले व्यवस्थापन गरिरहेको नेपालको सचिवालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि