बैशाख १२, २०८१, बुधबार
               

'सरकारलाई संविधानको मतलब छैन, चुनावमा एमालेको बहुमत आउँछ'

नेपाल फ्ल्यास
असोज १२, २०७८

ADVERTISEMENT

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको सरकारले लोकतन्त्रलाई कमजोर पार्नसक्ने भन्दै आफू चिन्तित भएको तर्क गरेका छन् । अध्यक्ष ओलीले सरकारले बजेटमार्फत कालो धनलाई सेता बनाउन खोजेको भन्दै आपत्ति जनाए ।

ओलीले आफ्नो पार्टी फुटाउने मनसायले सरकारले अध्यादेश ल्याएको भन्दै आक्रोश व्यक्त गरे ।

मंगलबार राजधानीमा सञ्चारकर्मीहरुसँगको छलफलमा ओलीले सरकारको सो निर्णयले नेपालमा विपत्ति ल्याउने दावी गरे । तर आफ्नो पार्टीले कालो धनलाई सेतो बनाउने सरकारको प्रयासलाई सफल हुन नदिने अध्यक्ष ओलीले स्पष्ट पारे ।

अध्यक्ष ओलीले एमसीसीबारे सरकारको धारणा पुनः माग गरे । उनले एमसीसीबारे सम्झाउन सरकारलाई अमेरिकी अधिकारीहरुनै नेपाल आउनुपर्ने हो र भनि प्रश्न समेत गरे । अध्यक्ष ओलीले सरकारको धारणा नआई आफूहरुले सो बारे धारणा बनाउन नमिल्ने अडान पनि दोहोर्‍याए ।

अध्यक्ष ओलीले मुलुक अव निर्वाचनमा जानुको विकल्प नरहेको समेत बताए ।  संसदले कामै गर्न नसकेको अवस्थामा मुलुक अर्ली निर्वाचनमा जानुपर्ने उनको तर्क थियो ।

ओलीले भने, ‘सरकारले काम गर्न सकेन । त्यसले निर्वाचनमा जानुपर्छ । एमालेले अबको निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनेछ ।’

ओलीले सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादाअनुसार काम नगरेकाले संसद् अवरोध गर्न बाध्य हुनुपरेको पनि जिकिर गरे ।

सञ्चार माध्यमप्रति असन्तुष्टि

ओलीले सरकारले संविधान मिच्दा पनि चुप लागेर बसेको भन्दै सञ्चार माध्यमप्रति असन्तुष्टि जनाए । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अहिलेको सरकारले संविधान मिच्दा पनि सञ्चारमाध्यम चुप लागेर बसेको जस्तो देखिएको टिप्पणी गरेका हुन् । 

ओलीले भने, ‘सरकारलाई खबरदारी गरेन भने लापरबाहीजस्तो हुँदो रहेछ, जस्तो अहिलेको सरकार । अहिलेको सरकारलाई खबरदारी पुगेन कि जस्तो लाग्छ । संविधान, कानुनको मतलब छैन ।’


कस्तो लाग्यो ?

यो पनि