बैशाख ०७, २०८१, शुक्रबार
               

नेकपा एकीकृत समाजवादी बागलुङको जिल्ला कमिटी गठन

नेपाल फ्ल्यास
असोज ०९, २०७८

ADVERTISEMENT

बलेवा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा लालबहादुर थापा सर्वसम्मत चयन भएका छन् । बागलुङ बजारमा आज सम्पन्न भेलाले उनको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्ष केशर छन्त्याल चयन भएका छन् । महिला उपाध्यक्षको पद खाली छ । सचिवमा भरत पुरी र उपसचिवमा चक्रबहादुर थापा चयन भएको निर्वाचन समितिका संयोजक श्रीप्रसाद शर्माले जानकारी दिए ।

जिल्ला भेला आयोजक कमिटीको संयोजक बनेका थापालाई भेलाले अध्यक्षमा निर्वाचित गरेको हो । भेलामा निर्वाचन समितिले प्रस्तुत गरेका सबै नामावली सर्वसम्मतरूपमा पारित भएका थिए ।

त्यस्तै भेलाले पार्टीका जनवर्गीय सङ्गठनमा नेतृत्व घोषणा गरेको छ । युवा संघ बागलुङमा प्रदीप जिसी, पेशागत महासंघमा रीता राना र अखिल नेपाल महिला संघ क्षेत्र नं १ मा सीता छन्त्याल थापाको नेतृत्वमा कमिटी घोषणा भएको हो । 


कस्तो लाग्यो ?

यो पनि