चैत १६, २०८०, शुक्रबार
               

मन्त्रिपरिषद् विस्तारका लागि सत्तारुढ गठबन्धनको बैठक बस्दै

नेपाल फ्ल्यास
असोज ०६, २०७८

ADVERTISEMENT

जै मात्र परराष्ट्र मन्त्रीमा डा. नारायण खड्कालाई नियुक्ति दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् ।

सरकारको नेतृत्व सम्हालेको करिब अढाई महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको विषयमा आलोचना खेप्दै आएका प्रम देउवाले बुधवार साँझ सत्तारुढ गठबन्धन बैठक बोलाएका हुन् ।

मंगलबार बसेको गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट मात्र भए पनि सरकारमा मन्त्रीहरू सहभागी गराउन देउवालाई दबाब दिएका थिए । 

माओवादीबाट मन्त्री बन्नेहरुमा नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल र शिवकुमार मण्डलको सम्भावना बलियो रहेको माओवादी निकट स्रोतको दाबी रहेको छ ।

यस अघि अध्यक्ष प्रचण्डले जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै  ५ गते मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

 


कस्तो लाग्यो ?

यो पनि