बैशाख १२, २०८१, बुधबार
               

सर्वोच्चमा आज माधव नेपालसहित १४ सांसदको पद खारेजी मुद्दाको सुनुवाइ

नेपाल फ्ल्यास
असोज ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतमा आज माधव नेपालसहित १४ जना सांसदको पद खारेजी  मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ ।

सोमबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बहस नसकिएपछि आजको लागि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो बहस नसकिएका कारण आज पनि सुनुवाइले निरन्तरता पाउने भएको हो ।

आफ्नो पार्टीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

एमाले अध्यक्ष ओलीले १४ जना सांसदलाई पार्टीले कारबाही गरेको पत्र पठाए पनि सांसद पद निलम्बन नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध रिट दायर गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि