बैशाख १२, २०८१, बुधबार
               

नेतृत्व हस्तान्तरणबारे विश्वप्रकाश शर्माको नयाँ प्रस्ताव

नेपाल फ्ल्यास
असोज ०३, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसका प्रवक्ता एवं महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् । संविधान दिवसको अवसर पारेर शर्माले गृहजिल्ला झापाको बिर्तामोडबाट 'हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन' भन्ने अपिल गर्दै अवधारणापत्र सार्वजनिक गरेका हुन् ।

उनले अवधारणा पत्रमा भने-‘शासकीय प्रणालीको बहसलाई शासन संस्कार पद्धतितर्फ मोडौं । एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री, चारपटक सांसदको सपथ मात्रै गर्न पाउने व्यवस्था संविधानमै गरौं ।’ 

अवधारणापत्रमा शर्माले पार्टीको १४औ महाधिवेशनमा राजनीतिक परिवर्तनको अनिवार्यतामा जोड दिएका छन् । चौधौं महाधिवेशनको क्रममा एकातर्फ विगतको आत्मसमीक्षा गर्नुपर्ने र अर्कातर्फ भविष्यको आत्मचिन्तन गर्नुपर्ने उल्लेख गरेका छन् । 

शर्माले स्थापनाकालमा विपी कोइरालालगायत अग्रजले देशसामु राखेको संकल्प र सपनाले हासिल गरेको उपलब्धिप्रति एकातर्फ गौरब त अर्कातर्फ कार्यसम्पादनमा रहेका कमजोरीको इमान्दार पहिचान गर्दै बदलिएको नेपाल र बदलिएको समयलाई सम्बोधन गर्ने नवीन संकल्प र सपनाको रेखांकन अबको कांग्रेसले गर्नुपर्ने औल्याएका छन् ।

इतिहासको कालखण्डमा विपीले देशका लागि देखेको सपनालाई एक्काइसौ शताब्दीको नेपाली युवाको आजको सपनासँग एकाकार गरेर 'समयसापेक्ष सपना'का साथ कांग्रेस अघि बढ्नुपर्ने उनको अवधारणा छ । 'यो यात्राले कांग्रेसको रुपान्तरण, सामाजिक परिवर्तन र भौतिक प्रगतितर्फको आकांक्षालाई सम्बोधन गर्न सक्नुछ । चौधौं महाधिवेशन क्रममा यि समग्र विषयमा हामीले चिन्तन गर्नुछ,' अवधारणापत्रमा भनिएको छ ।

कांग्रेस युवा नेता शर्माले २४ भदौमा बिपी स्मृति दिवसको अवसर पारेर सुन्दरीजलबाट १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि