बैशाख ०७, २०८१, शुक्रबार
               

सभापतिको उम्मेदवारबाट पछि हट्दिन : प्रकाशमान सिंह

नेपाल फ्ल्यास
असोज ०२, २०७८

ADVERTISEMENT

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनका केही दलको आन्तरिक ब्यवस्थापनमा अलमल हुँदा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको दाबी गरेका छन् ।

शनिबार गणेशमान सिंहका २५ औं स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतिमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच सहमति नुहँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताए ।

उनले अब चाँडै सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरे । नेता सिंहले कम्युनिस्टहरुको दुई तिहाइको सरकारले जनभावनामा अनुरुप काम गर्न नसक्दा गठबन्धनको सरकार बनेको बताए ।

उनले कम्युनिस्टहरु असफल भएका कारण कांग्रेसको नेतृत्वमा सरकार बनेको र सरकारले जनभावना अनुसार काम गर्नुपनर्ने बताए । नेता सिंहले पार्टीको १४ औं महाधिबेशनबाट सक्षम नेतृत्व आउने विश्वास लिए । उनले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको भन्दै विवाद भएका जिल्लामा विध विधान अनुसार समस्या समाधान गर्नु पर्ने बताए ।

‘पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको छ,’ उनले भने, ‘महाधिबेशन निष्पक्ष रुपमा गर्नु पर्छ । विवाद भएका जिल्लामा विधीविधान अनुसार समधान गर्न सभापति लगायत सम्पूर्ण नेताहरु लाग्नु पर्छ ।’

नेता सिंहले आफूहरुको समूहबाट साझा उम्मेदवारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको बताए । तर, आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने उनको भनाइ थियो ।


कस्तो लाग्यो ?

यो पनि