चैत १६, २०८०, शुक्रबार
               

हाम्राे कारणले बजेट पारित नभएकाे हाेइन :  पोखरेल

नेपाल फ्ल्यास
भदौ ३०, २०७८

ADVERTISEMENT

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदबाट बजेट पास नहुनुमा एमालेको कुनै दोष नरहेको बताएकाे छ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले  बुधबार एक विज्ञप्ति जारी गर्दै एमालेले संसदबाट बजेट पास नहुनुमा प्रतिपक्षको नभई सत्ता पक्ष नै मुख्य दोषी रहेको जिकिर गरेकाे हाे । 

पोखरेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ-‘गठबन्धन सरकार र पुनःस्थापित प्रतिनिधिसभाको सर्वाधिक महत्वको कर्तव्य संवैधानिक र कानुनी व्यवस्थाअनुरुप बजेट अध्यादेशलाई संसदमा प्रस्तुत गरी पारित गर्नुपर्दथ्यो। तर सरकारले प्रतिनिधिसभा बैठक सुरु भएपछि बजेट पारित गर्ने कुरालाई महत्व नदिई सत्ता स्वार्थमा अलमलिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको छ । बजेट पारित गर्ने प्रमुख दायित्व रहने बर्षे अधिवेशन, बजेट अध्यादेश अलपत्र पारेर हठात अन्त्य गरियो।’

प्रचार गरिएजस्तो आफूहर"को संसद अवरोधले बजेट पारित गर्न कुनै समस्या नभएको एमालेको दाबी छ ।


कस्तो लाग्यो ?

यो पनि