चैत १५, २०८०, बिहीबार
               

कार्यदललाई एक-दुई दिनभित्र प्रतिवेदन बुझाउन माओवादी केन्द्रको निर्देशन

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

नेकपा (माओवादी केन्द्र)ले पार्टी विधान पारित गरेको छ । आज बसेको स्थायी समिति बैठकले विभिन्न नेताले दिएका सुझावअनुसार पार्टी विधान पारित गरिएको केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । विधानलाई केन्द्रीय समितिमा लगेर अनुमोदन गरिनेछ । 

पार्टीले विष्णुप्रसाद श्रेष्ठको संयोजकत्वमा २२ जना सदस्य रहेको निर्वाचन आयोग गठन गरेको छ । आयोगलाई आफ्नो नियमावली र निर्देशिका बनाउनसमेत म्यान्डेट दिएको उनले बताए । पार्टीको केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचन कसरी गर्ने भन्ने विषयमा नियमावली र निर्देशिका बनाउन निर्देशन दिइएको हो । 

नेता महराले अन्य पार्टीसँगको एकताका लागि गठन गरेको कार्यदललाई एक-दुई दिनभित्रमा प्रतिवेदन  बुझाउनसमेत निर्देशन दिएको बताए । ‘कार्यदलले प्रतिवेदन पार्टीलाई बुझाइसकेको छ । फेरि उक्त प्रतिवेदनलाई अन्तिम रूप दिई एक-दुई दिनभित्रमा बुझाउन जिम्मेवारी दिइएको छ’, उनले भने । 

पार्टीले ४५ वटा पार्टीबाट विद्रोह गरेर पार्टीको सम्पर्कमा आएकालाई कसरी कुन तहमा समायोजन गर्ने भन्नका लागि कार्यदल गठन गरेको थियो । पार्टी प्रवक्ता महराले पार्टीको प्रदेश समितिका पदाधिकारीका थपघट सम्बन्धमा बैठकमा छलफल भए पनि निर्णय नगरिएको स्पष्ट पारे । 

मन्त्रिपरिषद् विस्तार छिटोभन्दा छिटो गर्ने भन्ने पार्टीको धारणा रहेको भन्दै उनले आज मन्त्रिपरिषद् विस्तारका बारेमा कुनै छलफल नभएको बताए । उनले संसद संचालन गर्नका लागि सबै दलबीच सहमति खोज्नुपर्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि