बैशाख १४, २०८१, शुक्रबार
               

‘एमसीसी यथास्थितिमा संसदबाट पारित गर्नुहुँदैन ’ : डा. प्रकाशचन्द्र लोहनी

नेपाल फ्ल्यास
भदौ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले यथास्थितिमा एमसीसी संसद्बाट पारित गर्न नहुने बताएका छन् । उनले एमसीसी सम्झौतामा रहेका कतिपय प्रावधानबारे स्पष्ट हुनुपर्ने भएकाले नेपाल सरकारले ‘लेटर अफ एक्सचेन्ज’ गर्नुपर्ने पनि सुझाव दिएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमसीसीको बारेमा स्पष्ट हुनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्नुपर्ने पनि बताए । उनले भने,‘एमसीसीमा भएका कतिपय अस्पष्ट बुँदाको बारेमा नेपालका सबै दलहरुबीच सरसल्ला गरेर साझा निश्कर्षमा पुग्नुपर्छ । यसको लागि नेपाल सरकार खासगरी प्रधानमन्त्रीले पहल लिनुपर्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिले नेपालको संसद्ले एमसीसी पारित गर्यो भने भोलि यस्तै खाले सम्झौता भारत र चीनले पनि संसद्बाट पारित गर्नुपर्छ भन्यो भने के हुन्छ ? भन्दै प्रश्न गरे । उनले नेपाल शक्ति राष्ट्रहरुको बीचमा रहेकोले विशेष सावधानी अपनाएर अघि बढ्नुपर्ने धारणा राखे । 

नेपालले पनि अखबारबाट वार्ता गर्नुहुँदैन । अखबारबाट त पोजिसन राख्ने हो । सम्झौतामा भएका कतिपय नमिल्दा कुरा हटाउनुपर्छ । यो काम गर्नको लागि म नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु कि लेटर अफ एक्स्चेन्ज होस । एमसीसी यथास्थितिमा पािरत गर्न हुँदैन् । परिमार्जन गर्नुपर्छ ।’

त्यस्तै, एमसीए नेपालले काम गर्दा पनि एमसीसीको स्विकृति लिनुपर्ने प्रावधान राखिएको पनि उनले सुनाए । उनले भने,‘यसमा नेपाल सरकार कहाँ आयो त ? कहाँ छ त ? प्रश्न गर्नुपर्छ । थुप्रै दफा छन्, कामदार घाईते भए मुद्दा नलाग्ने । कतिपय दफाहरु यस्ता पनि छन्, जसले आँखा बिझाउँछ । ठूलो राष्ट्रसँगको सम्बन्धको कुरा हो । प्रधानमन्त्रीले हतार गर्नुहुँदैन । संसद्मा भएका दलका सबै नेताहरु एकपटक बसेर स्पष्ट गर्नुपर्छ । लेटेर अफ एक्स्चेन्जबाट अमिल्दा कुरा सच्याउनुपर्छ । अमेरिकी मित्रहरुबाट पनि एमसीसी सम्झौताको अमिल्दा कुरामा प्रष्टता आउन जरुरी छ । 

उनले नेपालको अहिलेको आर्थिक मोडेल पनि सही नभएको टिप्पणी गरे ।‘यो मोडेलले नेपालको विकास हुँदैन । मुलुकमा व्याप्त भ्रष्टाचार हटाउनुपर्छ । यसको लागि बरु नागरिक आयोग गठन गर्नुपर्छ । नेताको सम्पत्ति सार्वजनिक गर्नुपर्छ । राजनीतिलाई व्यापार बनाउने काम भएको छ । राजनीतिलाई मागी खाने भाँडो बनाउनुहुँदैन ।’  उनले भने ।


कस्तो लाग्यो ?

यो पनि