बैशाख ०७, २०८१, शुक्रबार
               

सत्तापक्ष र विपक्ष मिलेर सदन चलाउनुपर्ने आवश्यकता छ : प्रधानमन्त्री देउवा

नेपाल फ्ल्यास
भदौ २३, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष र विपक्षी सबै मिलेर सदन चलाउनुपर्ने आवश्यकता रहेकामा जोड दिए । बैठकमा उनले अन्तरवस्तुमा असहमति हुनसक्छ तर विधि, प्रक्रिया र प्रणालीमा सहमति गरेर अघि बढ्न तथा सदन सञ्चालनलाई सहज बनाउन भूमिका खेल्नका लागि सत्तागठबन्धनका नेताहरूलाई आग्रह गरे । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले बैठकमा सदनमा अतिआवश्यक विधेयक विचारधिन भएकाले सत्तापक्ष र विपक्षी सबै मिलेर सदन चलाउनुपर्ने आवश्यकता रहेको बताए ।

बुधबारदेखि सुरु सङघीय संसद्को बैठकअघि सदन सञ्चालन गर्ने विषयमा सो बैठक बसेको नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि