बैशाख ०८, २०८१, शनिबार
               

एमाले स्थायी कमिटी बैठक सुरु

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सुरु भएको छ ।

एमाले विभाजनपछि अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा माओवादी केन्द्र छाडेर आएका रामबहादुर थापा 'बादल' लगायतका नेताहरु पनि सहभागी भएका छन् ।

यसअघि आज (मंगलबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक ३ बजेलाई सारिएको थियो ।

एमालेमा विवाद चुलिएका बेला वरिष्ठ नेता माधवकुमार नेपालपक्षमा रहेका र पार्टी विभाजनका बेला उनको साथ छाडेका १० जना स्थायी कमिटी सदस्यहरुले सोमबार एमाले अध्यक्ष ओलीसँग गरेको वार्तापछि बैठक तय भएको हो । 

पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि उनीहरू ओलीले बोलाएको कुनै पनि बैठकमा सहभागी भएका थिएनन् ।

माधव नेपाल पक्षका १४ स्थायी कमिटी सदस्यमध्ये अमृत बोहरा, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्तले माधव नेपालको साथ आजकै मितिबाट औपचारिक रूपमा छाडेका छन् ।

ओलीले एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन यो बैठक बोलाइएको बताएका थिए । तर, माओवादीबाट आएका नेताहरुसमेत सहभागी हुने भएपछि बैठक जेठ २ कै अवस्थाको बैठक नहुने भएको छ ।

यो पनि