चैत १६, २०८०, शुक्रबार
               

माओवादी बैठकमा नेताहरुको कार्य विभाजनबारे छलफल

नेपाल फ्ल्यास
भदौ ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पार्टी नेताहरुको कार्य विभाजनसम्बन्धी छलफल सुरु गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा पार्टीका नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलन तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने गरी छलफल सुरु गरेको हो ।

आइतबार बिहान बस्ने बैठकमा टुंगो लगाउने गरी नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने,‘सांगठनिक कतिपय विषयहरुको बारेमा निर्णय लिन केन्द्रीय समितिले स्थायी समितिलाई जिम्मेवारी दिएको थियो । केन्द्रीय समितिको रिक्त पद पूर्ति गर्ने कि नगर्ने ? प्रदेशमा रहेका रिक्त पदाधिकारी पूर्ति गर्ने कि नगर्ने ? केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्ने विषयमा स्थायी समितिले निर्णय लेओस् भनेर केन्द्रीय समिति बैठकले निर्देशन दिएको थियो । आजको बैठक मुख्य रुपमा यही विषयमा केन्द्रित थियो ।’

उनले भोलि (आइतबार) विहान ११ बजे बस्ने बैठकले यस बारेमा आवश्यक निर्णय लिने जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि