बैशाख १३, २०८१, बिहीबार
               

यस्तो छ नेपाल नेतृत्वको पार्टीको संरचना, आएनन् वामदेव

नेपाल फ्ल्यास
भदौ ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएको छ ।

माधवकुमार नेपालको अध्यक्षतामा आज (बुधबार) नयाँ पार्टी दर्ता भएको हो ।

नेता राजेन्द्र पाण्डेका अनुसार नयाँ पार्टीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ३१ जना सांसद रहेका छन् ।

पाण्डेले आज दल दर्ताका बेला अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल र ९५ जना केन्द्रीय कमिटी सदस्य छन् । 

एमाले उपाध्यक्ष वामदेव गौतम भने नयाँ पार्टीको केन्द्रीय समितिमा छैनन् । नयाँ दलमा गौतम सहभागी नभएको बताइएको छ ।

उनले साविक नेकपा एमालेबाट आफूहरूको पार्टीमा ५८ जना केन्द्रीय सदस्य आएको जानकारी दिए ।

चुनाव चिन्ह भने के राख्ने भन्ने अझै टुंगिएको छैन । चुनाव चिन्ह ‘खुला किताब’ भने पनि यसअघि नै दर्ता भएका कारण उक्त चिह्न स्वीकृत हुन नसकेको बताइएको छ ।

यो पनि