चैत १६, २०८०, शुक्रबार
               

अध्यादेशबारे कमल थापाको यस्तो टिप्पणी

नेपाल फ्ल्यास
भदौ ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक भएको टिप्पणी गरेका छन् ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष थापाले संसद्‍को बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने सरकारको निर्णय दलीय प्रणाली कमजोर बनाउने उद्देश्यबाट अभिप्रेरित रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा थापाले अध्यादेश ल्याउने निर्णय बद्‍नीयतपूर्ण तथा संविधानको भावना र सर्वोच्च अदालतको आदेशविपरीत रहेको भन्दै अध्यादेश फिर्ता गर्न माग गरेका छन् ।

'संसद्‍को बैठक अन्त्य गरेर भोलिपल्टै दलसम्बन्धी अध्यादेश जारी गर्ने सरकारको निर्णय दलीय प्रणाली कमजोर बनाउने उद्देश्यबाट अभिप्रेरित छ । यो निर्णय बद्नीयतपूर्ण तथा संविधानको भावना र सर्वोच्च अदालतको आदेशविपरीत छ ।' अध्यक्ष थापाले लेखेका छन्, 'अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक छ । अध्यादेश फिर्ता गरियोस् ।'

यो पनि