बैशाख ०७, २०८१, शुक्रबार
               

‘मलाई शेरबहादुर देउवा मनपर्छ’ भिडियो बन्द गर्न देउवाको निर्देशन

नेपाल फ्ल्यास
साउन २९, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सचिवालयलाई सामाजिक सञ्जालबाट सार्वजनिक हुँदै आएका भिडियोहरु बन्द गर्न निर्देशन दिएका छन् । 

‘मलाई शेरबहादुर देउवा मनपर्छ’ शीर्षकमा सार्वजनिक हुँदै आएका भिडियो बन्द गर्न देउवाले निर्देशन दिएका हुन् ।

शुक्रबार बूढानीलकण्ठमा जारी केन्द्रीय कार्यसमिति बैठकमा देउवाले 'सचिवालयले जारी गर्दै आएको भिडियो श्रृखंला बन्द गर्न निर्देशन दिइसकेको' बताएका हुन् । 

यसअघि केन्द्रीय सदस्य धनराज गुरुङले उक्त भिडियो श्रृखंला बन्द गर्न आग्रह गरेका थिए ।

‘त्यो भिडिओ बन्द गर्न मैले निर्देशन दिइसकेँ, अब आउँदैन, तपाईं ढुक्क हुनुस् ।’, केन्द्रीय सदस्य गुरुङले बैठकमा बोलिसकेपछि प्रधानमन्त्री देउवाले भने ।  

गुरुङले भने, ‘उहाँ (देउवा) ले बोलेका कुरा कार्यान्वयन हुने विश्वास लिएको छु ।’

यसअघि उनले प्रधानमन्त्री देउवाको ‘अघोषित’ सचिवालयले सामाजिक सञ्जाल (भाइबर ग्रुप) मा सार्वजनिक गरिरहेका भिडियोप्रति आपत्ति जनाएका थिए । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘आई लभ यू’ भन्नेहरुले सिंहदरबारबाट बालकोटको बार्दलीमा पुर्‍याएको टिप्पणी गर्दै गुरुङले प्रधानमन्त्रीलाई मलाई शेरबहादुर मनपर्छ भन्नेहरूबाट सजग हुन सचेत गराएका थिए ।


कस्तो लाग्यो ?

यो पनि