बैशाख १३, २०८१, बिहीबार
               

गठबन्धन सरकार प्रतिपक्षलाई धम्याउन केन्द्रित : ओली

नेपाल फ्ल्यास
साउन २६, २०७८

ADVERTISEMENT

पूर्वप्रधानमन्त्री एवं संसद्मा विपक्षी दलका नेता केपी शर्मा ओलीले आफ्नो सरकार पतन भएकोमा रतिभर चिन्ता नभएको जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर आज मंगलबार बोल्दै उनले आफू पुनः जनताको विश्वास जितेर प्रधानमन्त्रीमा आउने दाबी गरेका छन् ।

उनले अहिलेको सरकारलाई स्वार्थहरूको गठजोड भएको आरोप लगाए । स्वार्थहरूको गठजोडबाट मुलुकले उन्नति नगर्ने दाबी पनि उनले गरे ।

वर्तमान सरकारको एक महिनाको समय खेर गइसकेको भन्दै बधाई र शुभकामनाको लहर र प्रतिपक्षमा गाली गर्दैमा १४/१५ महिना यो सरकारले बताउने बताए ।

आफ्नो नेतृत्वको सरकारले विकासको गति समातेको कारण आत्तिएर नयाँ समीकरण बनाइएको उनले बताए । 

देउवा सरकारलाई जनादेश नभई परमादेशको सरकार भन्ने आरोप पनि उनले दोहोर्‍याए । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै उनले संसद्मा आफू आगो हुँ भनेको सन्दर्भ पनि उप्काएका थिए । सरकार बन्दै गरेका दिन म आगो हुँ भन्दै प्रतिपक्षलाई मसँग नखेल भनेको भन्दै त्यस्तो आगो एकदुई बाल्टी पानीले निभाउने दलिल गरेका थिए । 

गठबन्धन सरकारको नीति तथा कार्यक्रममा प्रतिपक्षलाई धम्क्याउने काम भएको ओलीले जनाए । 

पूर्वप्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा वार्ताद्वारा विखण्डनवाद र हिंसाको बाटोमा रहेकाहरूलाई शान्तिपूर्ण वातावरणमा ल्याएको बताए । 

देउवा सरकारले पूर्ववर्ती सरकारले बनाएको लगानीमैत्री वातावरण जोगाओस् भनी कामनासमेत गरे । 

ओलीले सत्तापक्ष र प्रतिपक्षबीच सम्वादहीनताको अवस्था रहेको बताउँदै सन्तुलित छिमेकसँगको सम्बन्ध धरमराउँदै गएको आरोप लगाए ।

देउवाले संसदमा विश्वासको मत लिँदै गर्दा निवर्तमान प्रधानमन्त्री ओली संसदमा बोलेका थिएनन् । उनले आज विशेष समय लिएर बोलेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि