बैशाख १३, २०८१, बिहीबार
               

एमाले केन्द्रीय कमिटी बैठक सर्‍यो, यस्तो छ कारण

नेपाल फ्ल्यास
साउन २३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको नेकपा एमाले केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार भोलि आइतबारका लागि तय भएको बैठक एक दिन पर धकेल्दै सोमवार दिउँसो ३ बजेका लागि बोलाइएको हो ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि अध्यक्ष ओलीलाई आइतबार सम्मको समय सीमा दिएको थियो । नेता नेपालले पनि हरेकजसो सार्वजनिक कार्यक्रममा आफू एकताकै पक्षमा रहेको जिकिर गर्दै आएका छन् ।

पार्टी एकतालाई मध्यनजर गर्दै बैठक सारिएको हुनसक्ने एक नेताले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकअघि बिहान ११ बजे स्थायी कमिटी बैठक पनि बस्ने भएको छ ।

दुवै बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवन, ललितपुरमा बस्ने तामाङले जानकारी दिए ।

यो पनि