बैशाख ०७, २०८१, शुक्रबार
               

मन्त्री टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

नेपाल फ्ल्यास
साउन १७, २०७८

ADVERTISEMENT

काठमाडाैं । सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाउन नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले  शपथ लिएको २० दिन पुग्दा पनि सरकारलाई पूर्णता दिन नसकेको भन्दै आलोचना भएपछि छिटो मन्त्रीको नाम टुङ्ग्याउन दबाब छ ।

बैठक आज (आइतबार) बिहान ११ बजे पेरिस डाँडामा बस्ने गरी बोलाइएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।  आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुङ्गो लगाउने जनाइएको छ ।  

यसिअघि शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको थियो । सो अवसरमा केही दिनभित्रै सत्ता साझेदार दलबिच छलफल गरी मन्त्रिपरिषद्लाई  पूर्णता दिने विषयमा सहमति भएको जनाइएको छ।  असार २९ गते प्रधानमन्त्रीमा शपथ लिएका देउवाले हालसम्म पनि सरकारलाई पूर्ण दिन नसकेको भन्दै उनको आलोचना हुन थालेको छ।    

 


कस्तो लाग्यो ?

यो पनि