चैत १६, २०८०, शुक्रबार
               

मन्त्रीको नाम टुंगो लगाउन जसपा कार्यकारिणी समिति बैठक बस्दै

नेपाल फ्ल्यास
साउन १३, २०७८

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति बैठक आज पनि बस्दैछ । बैठक ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा मंगलबारदेखि जारी छ ।

निर्वाचन आयोगले पार्टीको आधिकारिता दिएपछि अध्यक्ष यादवले कार्यकारिणी समितिको बैठक बोलाएका हुन् । बैठकमा यादवपक्षका ३४ जना कार्यकारिणी सदस्य सहभागी छन् ।  

आज दिउँसो १ बजे बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने नेतानहरु बताउँछन् । यसअघि हिजोको बैठकले संसदीय दलको विधान पारित गरेको छ । दलको विधान पारित भएसँगै अध्यक्ष उपेन्द्र यादव पुनः दलको नेता भएका छन् ।

जसपा एकीकृत भए पनि संसदीय दलको विधान तत्कालीन राजपाबाट महन्थ ठाकुर र तत्कालीन समाजवादी पार्टीबाट उपेन्द्र यादव भएका थिए । पार्टी एक भए पनि दलको विभाजन छुट्टाछुट्टै थियो । 

निर्वाचन आयोगबाट यादव पक्षले दलको अधिकारिकता पाएपछि उनी नै दलको नेता भएका हुन् । मंगलबारको बैठकमा महन्थपक्षका कार्यकारिणी सदस्यहरु भने उपस्थित भएनन् ।

साथै हिजोको बैठकले लुम्बिनी प्रदेशका जसपाका तीन सांसदलाई कारबाही गरेको छ । बैठकले लुम्बिनी प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डे, विजयकुमार यादव र कल्पना पाण्डे लम्साललाई कारबाही गर्ने निर्णय गरेको जसपा नेता मोहम्मद इस्तियाक राईले बताए ।

 मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पाण्डे, यादव र लम्साल तथा सुमन शर्मा रायमाझीले मन्त्री पदको शपथ लिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि