चैत १५, २०८०, बिहीबार
               

सत्तारूढ गठबन्धनको बैठक बस्दै

नेपाल फ्ल्यास
साउन १३, २०७८

ADVERTISEMENT

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरपछि बैठक बस्ने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उक्त बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी हुँदै छन् ।

आजको बैठकमा मन्त्रिपरिषद् बिस्तारलगायत विषयमा छलफल हुने बताइएको छ । देउवा नेतृत्व सरकारमा यसअघि कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् । त्यस्तै माओवादीबाट दुई जना मन्त्री छन् ।


कस्तो लाग्यो ?

यो पनि