बैशाख १२, २०८१, बुधबार
               

मुख्यमन्त्री पोखरेलले विश्वासकाे मत लिने !

नेपाल फ्ल्यास
साउन १२, २०७८

ADVERTISEMENT

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेश सरकारले आज मङ्गलवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने- ‘प्रदेश सरकारले छिट्टै विश्वासको मत लिन्छ । त्यसको तयारी पनि सुरु भइसकेको छ । विश्वासको मत पाए सरकार चलाउँछौँ, नपाए विपक्षमा बस्छौँ ।’ 

८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जसपाको महन्थ ठाकुर पक्षका तीन सांसदकाे समर्थन प्रदेश सरकारलाई थियो । जनता समाजवादी पार्टीका तीन जना सदस्य कांग्रेस, माओवादी र जनमोर्चाको गठबन्धनमा छन् ।

विपक्षी गठबन्धनसँग सभामुखबाहेक ४१ सांसदकाे समर्थन छ । सरकारका प्रवक्ता चौधरीका अनुसार विश्वासकाे मत तयारी भए पनि मिति भने तय भएकाे छैन । साथै कुनै नाटकीय परिवर्तन भएन भने विश्वासकाे मत नपाउने निस्चित छ । तर पनि मत लिने तयारी गरेकाे बुझिएकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि