चैत १५, २०८०, बिहीबार
               

प्रधानमन्त्री देउवाको नाममा फेक आइडी बनाएर अनैतिक सन्देश प्रवाह गरेपछि उजुरी

नेपाल फ्ल्यास
साउन १०, २०७८

ADVERTISEMENT

 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नाममा फेक आइडी बनाएर अनैतिक सन्देश प्रवाह गरेपछि उजुरी परेको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति समेत रहेका देउवालाई बदनाम गराउन सक्रिय रहेका केही व्यक्तिले नक्कली फेसबुक आइडी र ट्विटरमार्फत अनैतिक सन्देश प्रवाह गर्न थालेपछि छानबिनको लागि उजुरी दिएको बताइएको छ ।

कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ ग्रहण गरेको तस्बिर दुरुपयोग गरी फेसबुक तथा ट्विटर आइडी सञ्चालन हुँदै आएको छ ।

प्रधानमन्त्रीको नाम राखेर सञ्चालन गरिएको उक्त नक्कली आइडीमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्चको विषयमा लेखिएको छ ।

उक्त अइडीमा भनिएको छ, ‘हो, झलनाथजीको उपचार खर्च राज्यले बेहोरेको हो। उहाँले विश्वासको मत दिन खुला आह्वान गरेर मलाई जिताउन भूमिका निर्वाह गरेको सत्य हो, त्यसैले केही साइबर सेनाहरूले विरोध गरे पनि गरून्, उहाँलाई अझ एक करोड रुपियाँ उपचार खर्च थप्दिन्छु ।’

साथै, पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दिने निर्णय गरेको थियो । त्यस्तै, अर्को नक्कली सन्देशमा भनिएको छ, ‘महान् बन्ने मेरो रहर छैन, तर देश र जनताप्रति जवाफदेही बन्ने उत्कृष्ट चाहना छ ।

नेपालको सीमानाभित्र बसोबास गर्ने सबै उमेर समूहका (बालबालिकादेखि वृद्धवृद्धासम्म) नेपाली वा विदेशी नागरिक वा विदेशी शरणार्थी सबका सबलाई पूरा डोज खोप नलगाइकन हामी भोट माग्न आउने छैनौँ, आयौँ भने हामीलाई भोट नहाले हुन्छ ।’

प्रधानमन्त्री देउवाले सबै नेपालीलाई पुग्ने गरी खोपको प्रबन्ध गर्ने र खोप लगाउने व्यवस्था गर्ने प्रतिवद्धता प्रतिनिधिसभाको बैठकदेखि अन्य कार्यक्रममा पनि सम्बोधनका क्रममा जनाएका थिए ।

तर उनले त्यस क्रममा निर्वाचनको कुरा र मतदानको कुनै विषय उल्लेख गरेका छैनन् । प्रधानमन्त्री देउवालाई बदनाम गर्ने उद्देश्यले भएको यस विषयमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका सचिव बद्री तिवारीले भने, ‘मैले केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) मा उजुरी दिएको र अनुसन्धान भइरहेको जानकारी दिए । 
 


कस्तो लाग्यो ?

यो पनि