चैत १५, २०८०, बिहीबार
               

आज कम्युनिष्टका संस्थापक पुष्पलालको ४३औँ स्मृति दिवस

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । आज (बिहीबार) नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँने भएको छ । सो अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा आज एक कार्यक्रम आयोजना गरेको जनाएको छ ।

उक्त कार्यक्रम दिउँसो एक बजे आयोजना गरिएको कार्यक्रममा हालका पार्टी अध्यक्ष केपी शर्मा ओली पनि उपस्थीत हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।

रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।

यो पनि