चैत १६, २०८०, शुक्रबार
               

अनावश्यक संघीय संरचनाबारे पुनर्विचार गरौँ : कमल थापा

नेपाल फ्ल्यास
साउन ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीय संरचनाबारे पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

प्रदेशहरुमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमले संघीयताको औचित्यमाथि फेरि एकपटक प्रश्नचिन्ह खडा गरेको उनले बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारले पनि अध्यादेशबाट बजेट ल्याएलगत्तै थापाको यस्तो प्रतिक्रिया आएको हो । प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले दुई वटा अध्यादेश जारी गरेसँगै लुम्बिनी सरकारले अध्यादेशबाट बजेट ल्याएको हो ।

आज (शुक्रबार) बिहान बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख यादवले लुम्बिनी प्रदेश विनियोजन अध्यादेश, २०७८ र लुम्बिनी प्रदेश आर्थिक अध्यादेश जारी गरेका हुन् ।

शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष थापाले लेखेका छन्, 'लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमले संघीयताको औचित्य माथि फेरि एकपटक प्रश्नचिन्ह खडा गरेको छ ।'

थापाले अघि लेखेक छन्, 'प्रदेशसभा जीवित नै रहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउनु गलत, अमर्यादित र असंवैधानिक छ । देशले धान्ने नसक्ने र अनावश्यक संघीय संरचनाबारे पुनर्विचार गरौँ ।'


कस्तो लाग्यो ?

यो पनि