बैशाख ११, २०८१, मंगलबार
               

‘लोकतन्त्रलाई मेरो सरकारले कुनै पनि अप्ठ्यारोमा पारेको छैन’ - प्रधानमन्त्री

नेपाल फ्ल्यास
असार ११, २०७८

ADVERTISEMENT

 

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई आफ्नो सरकारले कुनै पनि अप्ठ्यारोमा नपारेको बताएका छन् ।

उनले जनताले ल्याएको  लोकतन्त्रलाई कुनै पनि अप्ठ्यारोमा नपारेको बरु आफ्नो सरकारले बलियो बनाउन आफू लागि परेको बताए ।

महन्थ ठाकुर पक्षलाई सरकारमा ल्याउँदा अदालतबाट भएको फैसलापछि आक्रोश पोख्दै प्रधानमन्त्री ओलीले भने- ‘महन्थजीलाई प्रधानमन्त्री बनिदिनुस् भन्दा चाहिँ राम्रो हुने मैले उहाँहरुलाई सरकारमा ल्याउँदा चाहिँ सबै बिग्रने ? मैले महन्थजीहरूसँग कुनै सम्झौता पनि गरेको छैन । केही तलमाथि गरेको छैन ।’ 

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले सेटिङमा फैसला गरेको त होइन भन्ने प्रश्नसमेत उठाएका छन् ।

सर्वोच्च अदालतले पछिल्लोपटक थपिएका मन्त्रीहरुलाई काम गर्न रोक लगाउनु अघिल्लो दिन नै प्रचण्डले धादिङमा बोलेको भन्दै उनले यो प्रश्न उठाएका हुन् । प्रचण्डको नाम नलिई उनले भने, ‘धादिङमा अघिल्लो दिन नै भनेको कुरापछि नियुक्त गरिएका मन्त्रीहरु भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु ।’ भोलिपल्ट कुखुरो हराउनु रहेछ र त अघिल्लो दिन नै धादिङमा स्याल करायो ।’

‘न्याय निष्पक्ष भयो कि अरु नै हिसाबले एउटा हल्ला छ नि सेटिङ .. ।’ कुरो गम्भीर छ,’ एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने ।


कस्तो लाग्यो ?

यो पनि