बैशाख ०७, २०८१, शुक्रबार
               

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार ३ गते बस्ने

नेपाल फ्ल्यास
जेठ ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ३ गते (बिहीबार) बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिए ।

बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने मुख्यसचिव पौडेलले बताए ।

कांग्रेसले बैठकमा सहभागी हुनका लागि पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि