बैशाख १२, २०८१, बुधबार
               

कांग्रेसले दियो नेता वैद्यलाई अभिव्यक्ति फिर्ता लिएर माफी माग्न निर्देशन

नेपाल फ्ल्यास
जेठ २९, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्न निर्देशन दिएको छ ।

उनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भनेर आपत्तीजनक अभिव्यक्ति दिएका थिए । नेता बैद्यले शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको बताएका हुन् ।

सोही विषयलाई लिएर अहिले विभिन्न सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ । सर्वत्र आलोचना भएपछि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सदनमा संयमता गुमाउन नहुने भन्दै अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न वैद्यलाई निर्देशन दिइएको बताए ।

त्यस्तै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बाँनियाले पनि विज्ञप्ति निकालेर आफ्ना अभिव्यक्ति फिर्ता लिन वैद्यलाई निर्देशन दिएका छन् ।

आफ्ना धारणा राख्न ६ मिनेटको समय पाएका वैद्यले भनेका थिए, ‘ओली यसरी आइरहेको छ की आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ, यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है, त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ।’


कस्तो लाग्यो ?

यो पनि