बैशाख १३, २०८१, बिहीबार
               

प्रदेश समीकरणको चलखेलको समयमा पोखराबाट गणेश लामा पक्राउ

नेपाल फ्ल्यास
जेठ २७, २०७८

ADVERTISEMENT

विगतमा गुण्डा नाइके भनिएका र पछिल्ला दिन नेपाली कांग्रेसको राजनीतिमा लागेका गणेश लामा पक्राउ परेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विश्वासको मत लिने प्रदेशसभाको कार्यतालिका रहेको केही समयअघि उनी पक्राउ परेका हुन् । 

काभ्रेका स्थायी वासिन्दा लामा काठमाडौंमै बसोबास गर्ने गर्दछन् । निषेधाज्ञाका बीच उनी पोखरा पुग्नुमा प्रदेश सत्ता समीकरण चलखेलका रूपमा पनि कतिपयले अर्थ लगाएका छन् ।

होटल पोखरा बुटिकमा रहेका लामा प्रहरी आएको सुइको पाएपछि त्यहाँबाट भागेको प्रहरीले जनाएको छ । त्यसपछि क्याटवाक रेस्टुरेन्ट पुगेका लामालाई प्रहरीले चारैतिर घेराबन्दी गरेर पक्राउ गरेको थियो ।

लामा कांग्रेस नेता विजयकुमार गच्छदार निकट छन् ।


कस्तो लाग्यो ?

यो पनि