बैशाख ११, २०८१, मंगलबार
               

मन्त्रिपरिषदले पायो पूर्णता

नेपाल फ्ल्यास
जेठ २७, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री, जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइ मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री भए ।

ओलीले गृहमा खगराज अधिकारीलाई नियुक्त गरेका छन् । त्यसैगरी, सञ्चारमा बादल पत्नी नैनकला थपा मन्त्री बनेकी छिन् । सञ्चारमन्त्रीएमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् ।

त्यसैगरी,  प्रधानमन्त्री ओलीले एमालेबाट नादरमुनी रानालाई वनमन्त्री बनाएका छन् । कैलाली ५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई हराएर प्रतिनिधसभा सदस्यमा निर्वाचित रानालाई मन्त्री बनाउनुपर्ने दबाव प्रधानमन्त्री ओलीमाथि थियो ।

एमालेबाट गशेण पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । माधवकुमार नेपाल समूहमा पनि योगेश भट्टराई निकट मानिएका उनले पछिल्लो पटक प्रतिनिधिसभा विघटन खारेज र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हाल्दा हस्ताक्षर गरेनन् । 

एमाले नेता मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ भने पूर्व माओवादी केन्द्र खेमाबाट ज्वालाकुमारी साह कृषिमन्त्री बनेकी छन् । प्रदेश २ को प्रदेशसभा सदस्यमा माओवादी केन्द्रबाट निर्वाचित उनी एमाले प्रवेश गरेपछि पदमुक्त भएकी थिइन् । एमालेकी आशा विक वनराज्यमन्त्री बनेकी छन् ।

यो पनि