बैशाख ०७, २०८१, शुक्रबार
               

को-को बन्दैछन् मन्त्री

नेपाल फ्ल्यास
जेठ २७, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

दोस्रो चोटि संसद विघटनपछि जसपाको एक पक्षलाई सरकारमा भित्र्याएर मन्त्री हेरफेर सुरु गरेका प्रधानमन्त्री ओलीले आफू मातहत राखिएका मन्त्रालयमा पूर्वमाओवादी समूह र राजपालाई समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् । यसका अलावा उनले माधव नेपालबाट गुट परिवर्तन गरी आफ्नो गुटमा समाहित भएकाहरुलाई पनि समावेश गरेका छन् ।   

एक स्रोतका अनुसार गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त हुँदै छन्  भने सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा नियुक्त हुने लगभग निश्चित भएको छ । नैनकला थापा पूर्वगृहमन्त्री बदलकि पत्नी भएकाले उनको निकै चर्चा चलेको छ । 

त्यसैगरी, वन तथा वातावरण मन्त्रालयमा नारदमुनी राना, संघीय मामिला तथा सामान्य प्रशासनमा गणेश पहाडी र प्रधानमन्त्री कार्यालय हेर्ने मन्त्रीमा मोहन बानियाँ नियुक्त हुँदैछन् भने कृषिमा ज्वालाकुमारी साह, उद्योग तथा आपूर्तिमा राजकिशोर यादव र आशा विक वन राज्यमन्त्रीमा नियुक्त हुँदैछन्  । एक स्रोतका अनुसार शपथ चार बजे बालुवाटार हुँदै छ । 

यो पनि