चैत १६, २०८०, शुक्रबार
               

नेपाल– खनाल समूहको स्थायी कमिटी बैठक बस्दै

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा एमालेकै अर्का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको पार्टी एकताको लागि गरेको आह्वानको विषयमा नेपाल–झलनाथ खनाल समूहले आज छलफल गर्ने बताइएको छ ।

बैठक आज (सोमबार) बिहान ११ बोलाइएको स्रोतले जनाएको छ । नेपाल–खनाल पक्षले स्थायी कमिटी सदस्य तथा पार्टीका प्रभावशाली अन्य नेताहरुसँग प्रधानमन्त्री ओलीको आह्वानका विषयमा  छलफल गर्न लागेको बुझिएको छ ।

अध्यक्ष ओलीले आइतबार साँझ एक सार्वजनिक आह्वान गर्दै पार्टी कमिटीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा लैजाने बताएका थिए । ओलीले पार्टीका केन्द्रीय सदस्यहरुमध्ये एकताको पक्षमा रहेका नेताहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील बनाउने प्रस्ताव राखेका छन् ।

यसको बदलमा नेपाल–खनाल समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहित सर्वोच्च अदालतमा रिट निवेदनमा प्रयोग गरिएको नेकपा एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्री ओलीको छ । 

पार्टी एकताका विषयमा यसअघि पटकपटक भएका छलफलमा पनि ओलीले यिनै शर्तहरु राख्ने गरेकाले नेपाल–खनाल पक्ष थप सशंकित बनेको छ।  बिहान ११ बजे भर्चुअल माध्यमबाट स्थायी कमिटी बैठक बसेर आलीको प्रस्तावमाथि आधिकारिक धारणा बनाउने नेता बेदुराम भुसालले बताए ।  


कस्तो लाग्यो ?

यो पनि