बैशाख ०७, २०८१, शुक्रबार
               

एमालेमा ट्‍वीस्ट : २०७५ जेठ ३ अघि फर्कन ओली तयार !

नेपाल फ्ल्यास
जेठ २३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २०७५ जेठ ३ अगाडिको अवस्थामा फर्कन तयार भएपछि  नेकपा एमालेको विवादमा ट्‍वीस्ट आएको छ ।

सो मितिमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएको थियो । सर्वोच्च अदालतले नेकपा एकता अवैध करार गरिदिएपछि नेता माधवकुमार नेपाल समूहका नेताहरूले एकताभन्दा अगाडिकै अवस्थामा फर्कनुपर्ने अडान राख्दैआएका छन् ।

अध्यक्ष ओ‌लीले आज विज्ञप्ति प्रकाशित गर्दै पार्टीलाई एकता राख्न कार्यकर्ताको सुझावसमेतलाई ध्यान दिएर पुरानो अवस्थामा फर्कन तयार भएको जनाएका छन् । अब एमालेमा फेरि एकपटक सम्वादको ढोका खुल्ने संकेत देखिएको छ ।

सर्वोच्चबाट एकता बदरको फैसलापछि ओलीले पार्टीमा महासचिवबाहेकका पदाधिकारीलाई जिम्मेवारीमुक्त गरेका थिए । त्यसैगरी रामबहादुर थापासहित एमालेमा आएका नेताहरूलाई पार्टीको कार्यकारिणी समितिमा मनोनित गरेका थिए । यसपछि नेपाल समूह रुष्ट भएको थियो ।

तर पटकपटक अध्यक्षबाट धोखा पाएको ठानेको नेपाल पक्ष प्रधानमन्त्रीको यो प्रस्तावसँगै मिलिहाल्ने ग्यारेन्टी देखिँदैन । प्रधानमन्त्रीले केही सर्त पनि राखेका छन् । सर्वोच्च अदालतमा शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन भन्दै दायर रिटबाट नाम फिर्ता लिन नेपाल पक्षलाई ओलीले सर्त राखेका छन् ।

ओलीले यसबीचमा भएका गल्तीकमजोरीप्रति कसैलाई कारवाही नगर्ने र पूर्वाग्रह नराख्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । 

 

 

 

यो पनि