चैत १५, २०८०, बिहीबार
               

सांसद पद कायम राख्न माग गर्दै सर्वोच्चमा रिट दायर

नेपाल फ्ल्यास
जेठ २१, २०७८

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले सांसद पद कायम रहोस् भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीबाट निष्कासन गरेको पत्र प्रदेश सभामा सचिवालयमा दिएपछि आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको उल्लेख गर्दै उनले सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा उनले आफूलाई विनाआधार पार्टीले कारबाही गरेको उल्लेख गरेका छन् । सो रिटमा शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको छ ।

बिहीबार राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीबाट निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएको थियो । त्यसपछि थापा सांसदबाट पदमुक्त भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि