बैशाख ०८, २०८१, शनिबार
               

माधव नेपाल समूहले भन्यो, ‘ओलीसँग मिल्दा घर न घाटको भइन्छ’

नेपाल फ्ल्यास
जेठ २१, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता माधव कुमार नेपाल र झलनाथ खनाल नेपाल समूहका नेताहरुले वर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिल्दा घर न घाटको हुने बताएका छन् ।

उक्त समूहका चारजना केन्द्रीय सदस्यले २०७५ जेठ २ मा फर्किने भन्ने एजेण्डा राजनीतिक र वैचारिक नभएको भन्दै यत्तिकै भरमा अध्यक्ष ओलीसँग मिल्दा घरको न घाटको भइने चेतावनी दिएका हुन् ।

एमाले केन्द्रीय सदस्यहरु प्रकाश ज्वाला,जगन्नाथ खतिवडा, विजय पौडेल र राजेन्द्रकुमार राईले झलनाथ खनाल र माधव नेपाललाई लिखित सुझाव दिँदै पहिलो शर्त केपी ओली सरकारको बहिर्गमन र राजनीतिक दलहरूको सहकार्य रहेको प्रष्ट पारेका छन् ।

चार नेताले कार्यदलको नाममा भएका वार्ता र छलफलहरु अपारदर्शी र माधव नेपाल समूहमै फुट ल्याउने षडयन्त्र भन्दै यस्ता वार्ताका नअल्मलिन समेत सुझाव दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि