चैत १५, २०८०, बिहीबार
               

लोकतान्त्रिक गणतन्त्रका समीक्षाको विषय बन्नुपर्छ : सभापति देउवा

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत विकास गरी समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

१४औँ गणतन्त्र दिवसको अवसरमा आज शुभकामना दिँदै उनले लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्ने बताएका हुन् ।

कोरोनाको महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको अवस्थामा संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका लागि सबैलाई आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनान्दोलन २०६२–६३ को सफलतापछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको जनाउँदै  लोकतन्त्रको स्थापना र पुनःस्थापनाका जनान्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सबै शहीदप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जलि अर्पण गर्दै गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

यो पनि